Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका पत्रकार ढकाल सहित ७ जना पत्रकारहरु पोखरामा सम्मानित


1.9K
Shares

गोरखाका पत्रकार ढकाल सहित ७ जना पत्रकारहरु पोखरामा सम्मानित

पोखरा, १३ माघ । नेपाल पत्रकार महासंघ कास्कीले गोरखाका प्रत्रकार प्रकाश ढकाल सहित ७ जना पत्रकार सम्मानित गरेको छ । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु ढकाल सहित कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ र कृपा भण्डारीलाई विभिन्न पुरस्कारबाट सम्मानित भएको हो ।

पत्रकार ढकालालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित गरिएको महासंघका अध्यक्ष बिमला भण्डारीले जानकारी दिइन । ढकाल गोरखा जिल्ला शहिद लखन गाउँपालिका सोही पुरस्कारबाट २०७९ बाट सन्देश श्रेष्ठ ९नागरिक र एभरेष्ट एफएम० पनि सम्मानित गरिएको थियो । यो पुरस्कारको राशी २० हजार १११ रुपैयाँ रहेको छ ।

गोरखा जिल्ला शहिद लखन गाउँपालिका ६ घैरुङ खगी घर भएका पत्रकार ढकाल विगत २०६८ सालदेखी पोखरालाई कार्य क्षेत्र बनाएर पत्रकारीता गर्दै आएका छन् ।

सोही कार्यक्रममा गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने ९कान्तिपूर०, २०८० बाट ओम हमाल जनसंचार सम्मानित भएका छन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी नेपाल समाचार पत्र सम्मानित भएका छन् । उनिसंगै दिनानाथ बराल कारोबार दैनिकलाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको छ । यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।

त्यस्तैगरी, २० हजार ५५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी समय समाचार डट कम पुरस्कृत भएकी हुन । पुरस्कृत सबै प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरुले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित सबै पत्रकारलाई बधाई दिदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ। सामाजिक सञ्जालमा पोष्टाएको विषयलाई सुचना मानेर समाचार लेखिनु गलत भएको तर्क उहाँको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताउनुभयो । उहाँले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गर्नुभयो ।

सम्मानित पत्रकारहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफु सहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा समस्या भएता पनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उहाँले बताउनुभयो।

महासंघका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले आफ्ना धारणाहरु राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology