Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

यू १९ विश्वकप : अफगानिस्तानविरूद्ध नेपालले पहिले बलिङ गर्ने, टिममा दुई परिवर्तन


1.1K
Shares

यू १९ विश्वकप : अफगानिस्तानविरूद्ध नेपालले पहिले बलिङ गर्ने, टिममा दुई परिवर्तन

काठमाडौं, १२ माघ । आइसिसी यू(१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ। दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

पहिले बलिङ गर्ने नेपालले दुई परिवर्तन गरेको छ। दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरा खेल्नेछन् । सुपर(६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।

आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर(६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर(६ खेल्नेछन्। दुवै समूहका शीर्ष २(२ टिमले सेमिफाइनल खेल्नेछन् । आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्‍यो ।

नेपालका ओपनिङ ब्याटर विपिन रावलले अफगानिस्तानसँगको खेललाई लिएर आफूहरु साकारात्मक भएको प्रतिक्रिया दिएका थिए।
ुहामी अफगानिस्तानसँगको खेलका लागि सकारात्मक छौं ।

हामी एक अर्कालाई विश्वास गर्छौं। हामी तयार छौं र अफगानिस्तानसँगको खेलमा ब्याटिङ र फिल्डिङमा विशेष ध्यान दिनेछौं,ु उनको भनाइ थियो । नेपालले दुई महिनाअघि अफगानिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो ।

सो खेलमा नेपाल पराजित भएको थियो । न्युजिल्यान्डविरुद्ध ९१ रन जोडे पनि उत्कृष्ट बलिङ गर्दै अफगानिस्तानले न्युजिल्यान्डको ९ विकेट लिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology