Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

स्वतन्त्र जितेका तीन चर्चित मेयरले हालेनन् राष्ट्रियसभा चुनावमा भोट


2.5K
Shares

स्वतन्त्र जितेका तीन चर्चित मेयरले हालेनन् राष्ट्रियसभा चुनावमा भोट

काठमाडौं, ११ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन चर्चित मेयरले भोट हालेनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।
उपमेयर सुनिता डंगोल हेटौंडा पुगेर भोट हाल्दा मेयर शाह काठमाडौंमा रहे। उपमेयर डंगोल एमालेबाट निर्वाचित हुन् ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह कार्यव्यस्तताको कारणले हेटौंडा नगएको बताउनुभयो । उहाँले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि भोट हाल्नु भएको थिएन ।

यस्तै, धरानका मेयर साम्पाङले पनि भोट हालेनन् । उपमेयर आइन्द्रविक्रम वेघा मतदानका लागि विराटनगरमा पुग्दा उनी धरानै छन् । उनी धरान वडा(५ स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी छन् । उपमेयर वेघा माओवादीबाट निर्वाचित हुन् । धनगढीका मेयर हमालले पनि भोट हालेनन् । हमालले भोट हाल्न नगएकोबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology