Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राष्ट्रियसभा निर्वाचनमा काठमाडौँका मेयर बालेन सहभागी नहुने


1.9K
Shares

राष्ट्रियसभा निर्वाचनमा काठमाडौँका मेयर बालेन सहभागी नहुने

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी नहुने भएका छन् ।

आज बिहान ९ बजे देखि बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश निर्वाचन कार्यलयमा मतदान जारी रहँदा काठमाडौँका मेयर बालेन भने काठमाडौँमै रहेका छन् ।

कार्यव्यस्तताका कारण मतदानका लागि हेटौँडा जान नसकेको उनको सचिवालयले जनाएको छ । बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, मेयर साह राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि हेटौँडा जाने र मत हाल्ने कुरा कार्यसूचीमै थिएन ।’

राष्ट्रियसभामा १९ मध्ये बागमती प्रदेशबाट चार सिटका लागि मतदान भइरहेको छ । मतदान ३ बजेसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology