Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एलिनाको धोका दियौ भने ‘कट्टा हानिदिन्छु’ गीत युट्युबको ट्रेन्डिङमा


2K
Shares

एलिनाको धोका दियौ भने ‘कट्टा हानिदिन्छु’ गीत युट्युबको ट्रेन्डिङमा

काठमाडौँ, १० माघ । गायिका एलिना चौहान पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा छिन् । ब्रेकअपका समाचारले उहाँलाई केही तनाव दिए पनि गीतलाई भने फाइदा पुगेको देखिन्छ ।

उहाँको भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ । ओबी रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ४४ हजार भिउज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान कब्जा गर्न सफल भएको हो ।

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत रहेको गीतमा एलिनाको अलवा सङ्गीतकार सेन्चुरीकै स्वर रहेको छ । डान्सिङ नम्बरका रूपमा सार्वजनिक गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । प्रेमिकाले प्रेमीलाई धोका दिएर कट्टा हान्ने कुरा गरिएको गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology