Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ, दुई बालिकाको उद्धार


3.1K
Shares

नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ, दुई बालिकाको उद्धार

काठमाडौं, १० माघ । गेष्टहाउसमा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले धनकुटा घर भई काठमाडौंको जडिबुटी बस्ने ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको आरोप उनीमाथि छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगमा कम पढे(लेखेका बालिकाहरूलाई क्याफे, गेष्टहाउसमा वेटरको काम दिने र त्यसबापत आकर्षक तलब दिने भन्दै फकाउने गरेको पाइएको छ ।

तामाङले जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालन गर्दै आएकी थिइन् । सुरूमा त्‍यहाँ वेटरकै काम दिएपनि पछि उनीहरूलाई यौन गतिविधि गर्न बाध्य पारेको एसपी पंगेनीले बताउनुभयो ।

‘नाबालिकाहरूलाई तीन वर्षदेखि विभिन्न प्रलोभनमा पारेर ग्राहकहरूसँग रकम लिएर यौन सम्पर्क राख्न लगाएको पायौं,’ उहाँले भन्नुभयो, ‘पीडितलाई सिमित रकम दिएर बाँकी आफैंले लिने गर्थे ।’

यसरी बालिकाहरूलाई यौन व्यवसायीमा लगाएको भन्ने सूचनापछि ब्युरोको टोलीले दुई जना बालिकाको उद्धार समेत गरेको छ। यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology