Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको एक बिद्यालयमा छात्राहरुलाई अभद्र ब्यवहार गरेको आरोपमा एक युवक पक्राउ


3K
Shares

गोरखाको एक बिद्यालयमा छात्राहरुलाई अभद्र ब्यवहार गरेको आरोपमा एक युवक पक्राउ

गोरखा,१० माघ । गोरखा सदरमुकामको एक बिद्यालयका छात्राहरुलाई अभद्र ब्यवहार गरेको आरोपमा गोरखा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१० बस्ने मदन थापामगर भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार गोरखा नगरपालिका–१० को बिरेनचोकमा रहेको श्री रत्नराज्य माध्यामिक बिद्यालयकी कक्षा १२ मा अध्ययनरत संजिता ढकाललाई कक्षा सञ्चालन भईरहेका बखत अभद्र ब्यवहार गरेको अरोपमा थापामगरलाई पक्राउ गरीएको हो ।

गएको माघ ४ गते बिहान ११ बजेको समयमा थापामगरले छात्रा ढकालालाई कक्षा कोठा भित्रै अनाधिकृत रुपमा प्रवेशगरी अभद्र ब्यवहार गरेको तथा गाली गलौज र हातपात समेत गरेका थिए ।

आरोपित थापामगरलाई प्रहरीले माघ ७ गते पक्राउ गरी माघ ८ गते अभद्र ब्यबहार शिर्षक मुद्वा दर्तागरी जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानकालागि म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान थालेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology