Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा गोरखाका एक युवक पक्राउ


1.1K
Shares

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा गोरखाका एक युवक पक्राउ

गोरखा, १० माघ । सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा गोरखाका १ जना युवकलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका–२ तान्द्राङका २४ बर्षिय भिमसेन भट्टलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको हो ।

हाल तारकेश्वर नगरपालिका–भट्टले रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रहेकी एक जना महिलाको क्रियाकलापको तस्विर तथा श्रव्य(दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको आरोपमा पक्राउ परेका हुन् ।

भट्टलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ । उक्त टोलीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिएर आवश्यक अनुसन्धान सुरु गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology