Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाका पर्यटकीय गन्तव्यको प्रवर्दन


3K
Shares

गोरखाका पर्यटकीय गन्तव्यको प्रवर्दन

पोखरा, ७ माघ । नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत धार्मिक एवम् ऐतिहासिक महत्वका गोरखा कालिका मन्दिर, गोरखा दरबार, गोरखनाथ मन्दिर आदिको दर्शन एवम् अवलोकनका साथै नेपाल एकिकरणको इतिहाससँग प्रत्यक्ष जोडिएको लिगलिगकोटको प्रवद्र्धनात्मक भ्रमण गरिएको उहाँले बताउनुभयो । प्रवद्र्धनात्मक भ्रमणमा संस्थामा आवद्ध ६९ जनाको सहभागिता रहेको सचिव मोहनराज बरालले जानकारी दिनुुभयो । यस किसिमका कार्यक्रमले आन्तरिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।

नेपाल राज्यको एकिकरणको इतिहासमा गोरखा दरबार, लिगलिगकोट जस्ता स्थलहरूको विशिष्ट महत्व रहेको छ ।गोरखा दरबार पृथ्वीनारायण शाहको इतिहाससँग प्रत्यक्ष सम्बन्धित छ । नेपाल एकीकरणको सुुरुवातसँगै पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानमा रहेको संग्रहालयमा दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । त्कालीन राजाहरूको राज्य सञ्चालनमा प्रयोग गरेका सामग्रीहरू देख्न पाइनु यहाँको विशिष्टता हो । शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा राखिएको छ ।

गुरु गोरखनाथका पूजा सामग्री एवम् बाजागाजा, नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियार, पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्री संग्रहालयमा देख्न पाइन्छ ।आधुनिक नेपालको एकीकरण पूर्व पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो ।

इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो ।दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बनेकोमा १३ औं पटकको दौड भने द्रब्यशाहले जिते र त्यहाँको राजा भएको इतिहास छ । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक महत्वको लिगलिगकोटमा नेपालको ठूलो झण्डा पर्यटकका लागि थप आकर्षण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology