Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एनसेलको शेयर खरिद बिक्री सम्बन्धी प्रतिवेदन माघ १५ भित्रै आउँछः सञ्चारमन्त्री


1.2K
Shares

एनसेलको शेयर खरिद बिक्री सम्बन्धी प्रतिवेदन माघ १५ भित्रै आउँछः सञ्चारमन्त्री

काठमाडौं, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले माघ १५ भित्रै प्रतिवेदन बुझाउने बतउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री शर्माले यसबारे जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो । तर निर्धारित समयमा उक्त समितिले प्रतिवेदन नबुझाएपछि सरकारले माघ १५ सम्मको म्याद दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology