Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

एक पुरूष मृत फेला, श्रीमती घाइते


2K
Shares

एक पुरूष मृत फेला, श्रीमती घाइते

काठमाडौं,१ माघ । एक जना पुरूष मृत फेला परेका छन् । सोमबार बिहान क्षिरेश्वरनाथ नगरपालिका(३ पकडियास्थित गहुँ खेतमा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिनुभयो ।

मृतक महोत्तरीको लोहारपट्टी नगरपालिका(३ महदैयाका राधे सहनी छन् । घटनास्थलमा उनकी श्रीमती अस्मिता सहनी पनि घाइते फेला परेकी छन् । अस्मिताको उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाइएको छ ।

उनीहरू दुबैको शरीरमा चोट देखिएको छ। डिएसपी आवका अनुसार गएराति उनीहरू बाइक लिएर हिँडेका थिए। मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । प्रहरीले थप अनुसन्‍धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology