Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

झारफुक गर्ने बहानामा नाबालिग बलात्कार गरेको आरोपमा एकजना पक्राउ


1.1K
Shares

झारफुक गर्ने बहानामा नाबालिग बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बीरगन्ज, २९ पुस । झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बाराबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार एक झारफुक गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी बताउँछ । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार भएको खबर आउनसाथ पीडकलाई पक्राउ गरिएको जनाए ।

प्रहरी स्रोतका अनुसार मण्डल केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका थिए । प्रहरी भन्छ–‘त्यही क्रममा बालिका मण्डलकोमा कहाँ झारफुक गराउन पुगेकी थिइन्, यही बेला मण्डलले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई प्रहरी थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए । प्रवक्ता न्यौपानेका अनुसार आज उनीमाथि म्याद थप हुने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology