Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा दरवारको गर्भगृहमा पृथ्वीनारायण शाहको राजगद्दी राखियो


2.6K
Shares

गोरखा दरवारको गर्भगृहमा पृथ्वीनारायण शाहको राजगद्दी राखियो

गोरखा २८ पुस । भुकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरवारको पुनःनिर्माण सम्पन्न भएसंँगै तत्कालिन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूलदरवारको गर्भगृहमा पुनःस्थापना गरिएको छ । भुकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मत सम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिनुभयो ।

‘‘भुकम्पले दरवारमा क्षति पुगेपछि दरवारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरवार परिषर्मा भग्नावशेष अवस्थामा थियो, प्रमुख पाठकले भन्नुभयो, ‘‘त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाँउमा राखिएको छ ।’’ भुकम्पपछि दरवार पुनःनिर्माणका क्रममा राजगद्दी पनि भग्नावशेष अवस्थामा रहेको थियो ।

वि.स २०७२ साल बैशाख १२ गते गएको विनासकारी गोरखा भुकम्पबाट राजगद्दी र पृथ्वीनारायण शाहको बाल्यकालमा सेक ताप गरिएको भनिएको अँगेनाको ध्वनी पनि भुकम्पपछि बन्द भएको थियो, उहाँले भन्नुभयो, ‘‘पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो ।’’

गर्भगृहमा राजगद्दी राखिएसँगै अवदेखि गोरखा दरवार पुग्ने मानिसहरुले मूलदरवारमा राखिएको ऐतिहासिक गद्दी हेर्न पाउनेछन् । ‘‘विगतमा जस्तै अवदेखि गर्भगृहमा राखिएको राजगद्दी दरवार बाहिरको झ्यालबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ, प्रमुख पाठकले भन्नुभयो, ‘‘दरवारमा विगतमा बलिरहेको ध्वनीलाई निरन्तर गर्ने गरी कामको थालनी समेत भएको छ ।’’

भुकम्पले क्षति पु¥याएको मूलदरवार, कालिका मन्दिर, रङगमहल, गोरखानाथगुफा लगायतका अधिकांस संरचना पुनःनिर्माण र मर्मत गर्ने कार्य लगभग सकिएपछि राजगद्दी पनि देखाउने उपयुक्त हुने भएकाले आवश्यक मर्मत गरी पुरानै ठाँउमा राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology