दाङ २७ पुस । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस राप्ती नदीको पुलबाट खसेर दुर्घटनामा परेको छ । भे १ ख ३९१२ नम्बरको रात्रिबस दाङको भालुवाङमा राप्ती नदीको पुलबाट तल खसेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २६ जनाको उद्धार भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले २ जनाको मृत्यु भएको र २६ जनाको उद्वार गरेको जानकारी दिनुभयो । मृत्यु हुने परिचय खुलेको छैन।
करिब ३० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ