Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बहुविवाह मुद्दामा महिला पक्राउ


2.2K
Shares

बहुविवाह मुद्दामा महिला पक्राउ

काठमाडौं,२७ पुस । बहुविवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन् । हल्दीबारी गाउँपालिका वडा(२ घर भई भद्रपुर नगरपालिका वडा(७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ परेकी हुन् ।

उनलाई झापा फैसला कार्यान्वयनको लागि खटिएको टोलीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्ला अदालत झापाले जेठ ४ गते उनलाई बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय, २० हजार जरिवाना र ८ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। तर उनी फरार थिइन् ।

पक्राउ परेकी महिलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ त्यहाँबाट कैद भुक्तानीको लागि झापा कारागार पठाइएको डिएसपी रिजालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology