Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

भिमसेन थापा गाँउपालिकाको स्वास्थ्य शिविर सम्पन्न : शिविरबाट ८०० जना लाभान्बित


1.2K
Shares

भिमसेन थापा गाँउपालिकाको स्वास्थ्य शिविर सम्पन्न : शिविरबाट ८०० जना लाभान्बित

गोरखा, २६ पुस । भिमसेन थापा गाँउपालिकाको खान्चोकमा भएको निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले सेवा लिएका छन् । भिमसेन थापा गाँउपालिका–१ को खान्चोक बजारमा रहेको स्वास्थ्य चौकीमा भएको शिविरबाट ७९३ जनाले सेवा लिएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

भिमसेनथापा गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनलको सहकार्यमा सञ्चालित शिविर गएको पौष २३ गतेदेखी २५ गतेसम्म सञ्चालनमा आएको थियो । शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको टोलीबाटहरुले स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरेको प्रमुख खनालले बताउनुभयो।

शिविरमा छाला, हाडजोर्नी तथा नसा, अकुपंचर, हात खुट्टामा खिल पल्टेको, कोठी पलाएको, शरिरमा आएको मुसा लगायतका जाँच तथा निःशुल्क उपचार सेवा प्रदान गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology