Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोठामा आगो बालेर सुतेकी वृद्धाको जलेर मृत्यु


959
Shares

कोठामा आगो बालेर सुतेकी वृद्धाको जलेर मृत्यु

काठमाडौं,२६ पुस । कोठा न्यानो पार्न बालेको आगो ब्ल्यांकेटमा सल्किएपछि जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका(५ झप्टीकी ७५ वर्षीय सोहनी थारूले बुधबार चिसोबाट बँच्न कोठामा आगो बालेर सुतेकी थिइन् ।

उक्त आगो ओडेको ब्ल्यांकेटमा सल्किएर उनी समेत जलेर गम्भीर घाइते भएकी थिइन् । बर्दियाका प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार जलेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि बुधबार बर्दिया अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल लगिएकोमा उपचारका क्रममा आज बिहान ४ बजे वृद्धाको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology