Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

महिलालाई गाली गलौज तथा हातपात गरेको आरोपमा गोरखाका गुरुङ पक्राउ


3.7K
Shares

महिलालाई गाली गलौज तथा हातपात गरेको आरोपमा गोरखाका गुरुङ पक्राउ

गोरखा, २५ पुस । उत्तरी गोरखाको फिलिममा महिलालाई गाली गलौज तथा हातपात गरेको भन्दै १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुमनुब्री गाँउपालिका–३ सिर्दीबास, फिलिममा २२ बर्षिय धनबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको पौष २१ गते शनिबार दिन बेलुकी ५ बजेको समयमा सोही स्थानमा बसोबास गर्ने ४९ बर्षिया कान्छीमायाँ गुरुङलाई गाली गलौज तथा हातपात गरेको आरोपमा पक्राउ गरिएको हो ।

धनबहादुरलाई ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाबाट खटिईको प्रहरीको टोलीले पौष २२ गते आइतबार पक्राउ गरेको थियो । आरोपित गुरुङलाई २४ गते मंगलबार अभद्र व्यवहार कसूर शीर्षकमा मुद्दा दर्ता गरीएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट अनुसन्धानकालागी म्याद थप गरी प्रहरीको हिरासतमा राखीएको र अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology