Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जेएन.१ बाट डराउनुपर्छ ?


1.2K
Shares

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जेएन.१ बाट डराउनुपर्छ ?

काठमाडौ, २५ पुस । विश्वमा केही समययता तीब्र फैलिरहेको ओमिक्रोन भेरियन्टको नयाँ भाइरस जेएन।१ नेपालमा पनि पुष्टि भएको छ । खासगरी छिमेकी भारतमा केही सातादेखि संक्रमण बढेसँगै नेपालमा पनि नयाँ भेरियन्ट जेएन १ देखिन थालेको छ । विगतमा पनि भारतमा कोरोनाको लहर देखिएपछि त्यसको केही समयको अन्तरालमा नेपाल पनि देखिने गरेको छ। नेपालमा पनि नयाँ भेरियन्ट फेला परेसँगै धेरै मानिसहरूमा यो भाइरस कति घातक हो भन्ने जिज्ञासा उब्जिएको छ ।

हाल प्राप्त जानकारीहरू अनुसार जेएन।१ को लक्षण उसको माउ ओमिक्रोनको भन्दा खासै फरक देखिएको छैन। ज्वरो, टाउको दुख्ने, जिरिङ्ग हुने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, थकान महसुस हुने जस्ता लक्षणहरू नै जेएन।१ पुष्टि भएका संक्रमितमा देखिएको भनिएको छ। तर यो भाइरसका कारणले अघिल्लो लहर वा भेरियन्टहरूमा जस्तो संक्रमितले मृत्युवरण गर्नुपर्ने अवस्था सृजना भएको देखिँदैन ।

सायद यही कारणले विश्व स्वास्थ संगठनले यो भाइरसलाई ुकम घातकु को श्रेणीमा राखेको छ। यद्यपि यो भाइरस तीब्र फैलिन सक्ने क्षमता भएको भनिएको छ । यसर्थ यसलाई ुभेरियन्ट अफ इन्ट्रेस्टु को श्रेणीमा राखेर बिशेष निगरानी गर्न अनुरोध गरिएको छ ।

तीब्र फैलिन सक्ने क्षमताका कारणले नै होला, ६ दिनको अन्तरालमा ४४ प्रतिशत नमूनामा जेएन।१ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केही दिनयता कोरोना पुष्टि भएका बिरामी अस्पताल भर्ना भइरहेका छन् । यो अवस्था विश्व स्वास्थ संगठनले ुकोभिड अब प्यानडेमिकु नरहेको भनेर घोषणा गरेको लामो समयपछि देखिएको हो। ओमिक्रोनलाई तुलनात्मक रूपमा अरू भेरियन्टभन्दा कम घातक मानिन्छ। तर पनि ओमिक्रोनको लहरमा धेरै जसो बृद्ध तथा दीर्घ रोगीहरूलाई बढी प्रभावित पारेको वा मृत्यु भएको देखिएको थियो ।

अहिले कोभिड पुष्टि भएर अस्पताल भर्ना हुने पनि ज्येष्ठ नागरिक नै छन्। यसरी हेर्दा जेएन।१ भाइरस जेष्ठ नागरिकहरूको लागि जटिल हुन सक्ने प्रारम्भिक आकलन गर्न सकिन्छ ।

हाल जनस्वास्थका मापदण्ड कसैले पनि अपनाएको देखिँदैन । तर पनि यी उपायहरू हाम्रो मानसपटलबाट पूर्ण रूपमा हराइसकेको भने छैन ।
हाल समुदायमा कोरोना मात्र नभई फ्लू, रूघाखोकी जस्ता संक्रमण पनि व्याप्त रहेकोले यसबाट बच्न कोभिडका लागि भनिएका जनस्वास्थका मापदण्ड उत्तिकै प्रभावकारी हुने छ।

माथि उल्लेख गरेझैं जेएन।१ भाइरस ज्येष्ठ नागरिकहरूका लागि घातक हुनसक्ने देखिएकाले घरका सक्रिय सदस्यले सतर्कता नअपनाए वा जनस्वास्थका मापदण्डहरू बेवास्ता गरे आफू संक्रमित भई ज्येष्ठ नागरिकहरूमा फैलाउन सक्ने जोखिम रहन्छ ।

अन्तमा हालसम्मको जानकारी अनुसार जेएन १ उच्च संक्रामक तर कम घातक भाइरस देखिएको छ। यद्यपि यो भाइरसबारे थप जानकारीहरू आउने क्रम जारी नै छ ।

नेपालको प्रारम्भिक अनुभवको आधारमा विश्लेषण गर्दा ज्येष्ठ नागरिकको लागि जेएन।१ भाइरस जटिल रोग हुनसक्ने देखिन्छ । यसर्थ यो भाइरसलाई पूर्ण रूपमा नजरअन्दाज गर्न मिल्दैन । अनावश्यक भिडभाडमा नजाने, मास्क लगाउने र साबुन पानी वा स्यानीटाइजरले हात सफा राख्ने जस्ता उपायहरू अबलम्बन गरे भाइरसको फैलने तीब्रतालाई धेरै कम गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology