Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आफ्नै भाईलाई खुर्पा प्रहार गर्ने दाजु पक्राउ


6K
Shares

गोरखामा आफ्नै भाईलाई खुर्पा प्रहार गर्ने दाजु पक्राउ

गोरखा, २५ पुस । गोरखाको पालुङटारमा आफ्नै भाइलाई मार्ने उद्वेश्यले घरेलु हतियार प्रहार गरेको भन्दै १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रण्मा लिएका ब्यत्ति पालुङटार नगरपालिका–१० मिरकोटको धौखोला चारघरे निवासी तिलकबहादुर विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका तिलकले पौष २१ गते शनिबारका दिन राती १० बजेको समयमा आफ्नै भाई हिराबहादुर विश्वकर्मालाइ ज्यान लिने उद्वेश्य सहित खुर्पाले प्रहार गरेको भन्दै गोरखा प्रहरीले उनलाई नियन्त्रणमा लिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

खुर्पा प्रहारबाट हिराबहादुरको टाँउको र गालामा गंभिर चोटक लागेको गोरखा प्रहरीले जानकारी दिएको छ । उनको अहिले अन्नपुर्ण अस्पताल पोखरामा उपचार भई रहेको छ ।

आरोपित तिलकबहादुरलाई पौष ३ गते सोमबार पक्राउ गरी र २४ गते मंगलबार निज विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट अनुसन्धानकालागी म्याद थप गरीएको छ । म्याद थप लगत्तै उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology