Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा चोरी गरेको आरोपमा २० बर्षिय युवक पक्राउ


8.1K
Shares

गोरखामा चोरी गरेको आरोपमा २० बर्षिय युवक पक्राउ

गोरखा, २४ पुस । गोरखा सदमुकामको चाइनिज धारमा रहेको होलसेल ब्यापारीको पसलबाट सामान चोरी गरेको आरोपमा सोही पसलमा कामगर्ने कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–११ का २० बर्षिय निरज ढकाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा नगरपालिका–८ को चाइनिज धारामा रहेको कृण्णमान श्रेष्ठ ईश्वरको श्रेष्ठ किराना पसलबाट ७६ हजार ५०० रुपैयाँ मुल्य बरावरका विभिन्न सामाग्री चोरी गरेको भन्दै ढकाललाई प्रहरीले पक्राउ गरेको हो । ढकालले पौष २१ गते शनिबारका दिन दिउसो १ः३० बजेको समयमा उक्त सामाग्री चोरी गरेको अनुसन्धानबाट खुल्न आएपछी उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

चोरी भएको भनिएको सामान ढकालको आफ्नै कोठाबाट बरामद गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका ढकाललाई सोमबार चोरी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरीएको छ । चोरी आरोपमा ढकाललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको पनि प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology