गोरखा, २२ पुस । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेले गोरखाबाट सम्झना देवकोटाको नाम टुङ्गो लगाएको छ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटको उम्मेदवारी टुंगो लगाउदा गोरखाबाट देवकोटाको नाम उमेद्वारमा टुङ्गो लगाएको हो ।
एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गर्नुभएको हो । एमालेले गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार घोषणा गरेको छ ।
एमालेले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बनाएको छ ।