गोरखा, २२ पुस । जिल्ला प्रहरी कार्यालय गोरखाले सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ९ कट्टेल डाँडा सडकखण्डमा २०७५ असार २ गते साँझ ६ बजे ग १ त ५१९२ नम्बरको ट्रयाक्टर दुर्घटना पछि फरार ट्याक्टर चालक रामकृष्ण सिर्मललाई प्रहरीले पक्राउ गरेको हो ।
गोरखा नगरपालिका ९ घर भएका २७ बर्षका सिर्मललाई गोरखा नगरपालिका १० बाह्रकिलोबाट सिर्मलाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा सोही ट्रयाक्टरमा सवार जिल्ला सुर्खेत भेरीगंगा गाउँपालिका ६ का १९ बर्षको शुसिल मगरको मृत्यु भएको थियो । उक्त घटनामा पश्चात फरार भएकोमा चालक सिर्मलको खोजी गर्ने क्रममा पक्राउ परेको प्रहरीको भनाई छ ।
सिर्मललाई गोरखा जिल्ला अदालत गोरखामा उपस्थित गराईएकोमा अदालतको आदेशमा पुपक्र्षका लागि गोरखा कारागारका चलान गरिएको छ ।