काठमाडौं, २० पुस । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बिहीबार बेलुका पौने १० बजे कालिका नगरपालिका(९ शक्तिखोरमा बा प्र ०६(००४ प ४५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन् । मोटरसाइकल चालक कालिका नगरपालिका(९ का ३२ वर्षीय नगेन्द्र गिरीको अवस्था गम्भीर छ ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका २४ वर्षीय निसान भारती र २६ वर्षीय विजय भण्डारी घाइते छन् । तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।