Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि सेनाले भोलीदेखी एकिकरण पदयात्रा गर्ने


1.5K
Shares

ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि सेनाले भोलीदेखी एकिकरण पदयात्रा गर्ने

गोरखा, २० पुस । नेपाल एकिकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचार–प्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकिकरण पदयात्रा सुरु गर्ने भएको छ । ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पदयात्रामा निस्किने सेनाको टोली काठमाण्डौ हनुमान ढोका दरवार पुग्ने गरी भोली २१ गतेदेखि पदयात्रा थालनी गर्न लागिएको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी असोककुमार क्षेत्री जानकारी दिनुभयो ।

नेपाली सेनाले नेपाल एकिकरण गर्दा प्रयोग भएका तत्कालिन ऐतिहासिक पदमार्गको संरक्षण, संम्र्बदन र प्रचार–प्रसारका लागि गोरखा दरवार स्थित हनुमान भन्ञ्याङ्ग चौताराबाट पदयात्राको थालनी गर्न लागेको उहाँले बताउनुभयो । पदयात्रामा निस्कने सेनाको टोली गोरखादेखि धादिङ, नुवाकोटहुँदै काठमाण्डौसम्म पुगेर पदयात्रा समापन हुने प्रमुख सेनानी क्षेत्रीको भनाई छ ।

सेनाको टोलीले नेपालको राष्ट्रिय झण्डा र टर्च लाईट लिएर पदयात्रामा निस्कने उहाँले बताउनुभयोे । नेपाल एकिकरणका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहले खडा गरेको नेपाली सेनाको पहिलो ५ कम्पनी श्रीनाथ गण , कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सवुज गणको झण्डाहरु समेत बोकेर नेपाली सेनाले पदयात्रा गर्नेछ ।

गोरखाबाट गोरखा नगरपालिका गोरखा र भीमसेन थापा गाउँपालिकासंगको सहकार्यमा सेनाले पदयात्रा थालनी गर्न लागेको प्रमुख सेनानी क्षेत्रीले बताउनुभयो । नेपाली सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली पदयात्रामा रहने उहाँले जानकारी दिनुभयो । पदयात्रामा निस्कने सेनाको टोली पृथ्वीनारायण शाह नेपाल एकिकरणको आरम्भ गर्दा हिँडेको पदमार्ग हँुदै पुस २६ गते काठमाण्डौसम्म पुग्नेछ ।

गोरखाबाट निस्किएको टोलीले धादिङको सिमानामा पुगेर धादिङ स्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको झण्डा, टर्च हस्तान्तरण गर्नेछन् भने धादिङको टोलीले नुवाकोट स्थित सेनाको टोलीलाई झण्डा र टर्च लाईट हस्तान्तरण गर्नेछ । त्यस्तै नुवाकोटको टोलीले काठमाण्डौको टोलीलार्ई झण्डा र टर्च लाईट हस्तान्तरण उहाँले बताउनुभयो ।

काठमाण्डौको टोली पुस २७ गतेका दिन हनुमान ढोका दरबारमा हुने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागी भएपछि पदयात्रा समापन हुने प्रमुख सेनानी क्षेत्रीले जानकारी दिनुभयो । नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बाटोलाई नेपाली सेनाले बिगत पाँच बर्षदेखि एकीकरण पदमार्गको रुपमा विकास गर्दै प्रचारप्रसारका लागि पदयात्रा गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology