Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकाममा भोलीदेखी हुने मेलाको तयारी अन्तिम चरणमा


3.3K
Shares

गोरखा सदरमुकाममा भोलीदेखी हुने मेलाको तयारी अन्तिम चरणमा

गोरखा, १८ पुस । गोरखा सदरमुकाममा भोलीदेखी हुने मेलाको तयारी अन्तिम चरणमा, मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने गोरखा । गोरखा चेम्बरले भोलीदेखी आयोजना गरेको ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ तयारी अन्तिम चरणमा पुगेको छ । मेलाको तयारी तिब्र गतिमा गरिएको भन्दै आयोजक गोरखा चेम्बर अफ कर्मशका अध्यक्ष भाइचन्द्र श्रेष्ठले मध्य रातमा सबै तयारी पुरा हुने जानकारी दिनुभयो ।

जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने र कृषि लगायत स्थानिय उत्पादनको ब्यापार प्रबद्र्वन गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने भएको छ । खेलकुद मैदानको कर्भडहल देखी मैदानको अन्तिम बिन्दुसम्म पुगिने गरी जिपलाइनको तार तान्ने काम पनि सकिन लागेको बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जिपलाइन सेवा लिने प्रति ब्यत्ति २०० रुपैयाँ बुझाउनु पर्ने छ । मेला स्थल भित्र १२५ वटा विभिन्न प्रकारको स्टल रहको संस्थाका महासचिव विण्णु रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको ११ वटा स्थानिय तहलाई १५ वटा, आदीबासी जनजातीका लागि मिनी संग्रालय १, घरेलु उत्पादन तथा स्थानिय परिकार र होटल तथा ब्यापार प्रयोगजनका लागी अन्य स्टलहरु रहने छन् । ११ दिनसम्म चल्ने मेला २९ गते समापन हुने छ ।

मेला अवधिरमा करिब ४० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ । सोही अवधीमा करिब ५ करोड बरावरको कारोवार हुने पनि अनुमान गरिएको छ । मेलाको भोली एक कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

भोली गोरखा सदरमुकामको नयाँ बसपार्क देखी खेलकुद मैदानसम्म विभिन्न जातजातीको भेषभुषा सहितको झाँकी, विभिन्न जातजातीका साँस्कृतीक झाँकी र संघ संस्थाको पहिचान झल्कने गरी ब्यानर सहितको रर्याली हुने गोरखा चेम्बर अफ कर्मशले जानकारी दिएको छ ।

चेम्बरले यस अघिका बर्षमा पनि चाढपर्व लक्षित २ वटा सस्तो दशैं मेला र १ वटा कृषि तथा ब्यापार प्रबद्र्वन मेला सम्पन्न गरी सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology