Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

स्लोवेनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाकी एक सहित २ जना पक्राउ


3K
Shares

स्लोवेनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाकी एक सहित २ जना पक्राउ

गोरखा, १८ पुस । स्लोवेनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाकी १ जना महिला सहित प्रहरीले राजधानीबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरी गोरखाको चुमनुब्री गाँउपालिका–४ प्रोककी ३५ वर्षीया छिमी सुनिन र धादिङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका १३ बस्ने २५ वर्षीय अजय राज शाहीलाई राजधानीबाट पक्राउ गरीएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।

दुवैजनालाई प्रहरीले राजधानीको कपन क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । मंगलबार पक्राउ परेका उनीहरुले २ लाख ८० हजार रूपैयाँ ठगी गरेको आरोप लागेको छ ।

वैदेशिक रोजगारीका लागि स्लोवेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology