Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको मनास्लु पदमार्गमा अहिलेसम्मकै सर्वाधिक पर्यटक, १ बर्षमा करिब १० हजारले गरे भ्रमण


2.9K
Shares

गोरखाको मनास्लु पदमार्गमा अहिलेसम्मकै सर्वाधिक पर्यटक, १ बर्षमा करिब १० हजारले गरे भ्रमण

गोरखा, १६ पुस । उत्तरी गोरखाको मनास्लु पद मार्गमा अहिलेसम्मकै सर्बाधिक विदेशी पर्यटकले यात्रा गरेका छन् । अग्रेजी बर्ष सन २०२३ को १ बर्षे अवधीमा करिब १० हजार पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सन्तोष शेरचेनले बताउनुभयो ।

‘अग्रेजी बर्ष २०२३ को हिजो अन्तिम दिनसम्म ९ हजार १६६ जना विदेशी पर्यटकले पदमार्गको यात्रा गरेको’ भन्दै आयोजना प्रमुख शेरचनले भन्नुभयो, ‘यो अहिलेसम्मकै सर्वाधिक पर्यटकको संख्या हो ।’ उहाँका अनुसार सन २०२२ मा ६ हजार १०२ जना पर्यटक उत्तरी गोरखा पुगेका थिए ।

रेटिकेटेट एरिया भएका कारण पर्यटकले मनास्लु पदमार्ग जानका लागी कडा कानुनी ब्यवस्था अपनाउनु पर्ने हुन्छ । उत्तरमा विशाल चिनसंग सिमाना जोडिएको र सामारिक महत्व भएका कारणले पनि विदेशी पर्यटक यो पदमार्ग जान लालायित हुने गरेको गोरखा सदरमुकाममा रहेको आयोजनाको कार्यालयले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार सन २०१८ मा ७ हजार ६५४ जना पर्यटकले यो पदमार्ग हिडेका थिए भने सन २०१९ मा घटेर ७ हजार ५५५ जनाले मात्र यात्रा गरेका थिए ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण यस क्षेत्रमा आउने पर्यटकको संख्या ह्वात्तै घटेर सन २०२० मा ३७४ जना, सन २०२१ मा ९२५ जनाले यात्रा गरेकोमा सन २०२२ मा यो संख्या सातगुणाले बढेर ६ हजार १०२ जनाले यात्रा गरेका थिए ।

विश्वमाझ चर्चा कमाउदै गएको यो पदमार्गमा सन २०२४ मा १२ हजार विदेशी पर्यटकले यात्रा गर्ने अनुमान गरिएको आयोजना प्रमुख सन्तोष शेरचनले बताउनुभया ।

यो पदमार्ग भएर चुम भ्याली तर्फ विश्वकै सर्वाधिक चर्चित श्रृंगी हिमाल, राजेन र मु गुम्बा अबलोकन गर्न सकिन्छ भने नुब्री भ्याली तर्फ कल्छुमन ९काल० ताल, विश्वको आठौ अग्लो मनास्लु हिमाल, बिरेन्द्र ताल तथा लार्के पास गरेर मनाङ जान सकिन्छ । दुवै क्षेत्रमा हिम चितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौरी हेर्न सकिन्छ ।

यता चुम भ्याली तर्फको श्रृंगी हिमाल भर्जिन हिमाल भएको र योगाभ्यासका लागी विदेशी पर्यटकहरु आउने मुख्य थलो हो । विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणमा आउन प्रति ब्यत्ति ३ हजार रुपैयाँ राजश्व तिनुपर्ने हुन्छ । यो क्षेत्रमा जाने स्वदेशी पर्यटकको भने कार्यालयले तथ्यांक राख्ने गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology