Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छोड्यो


1.4K
Shares

बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छोड्यो

काठमाडौं, १५ पुस । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ । प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको जानकारी दिनुभयो ।

शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो । शनिबार साँझसम्म सबैलाई छाडिएको डिआइजी कडायतले जानकारी दिनुभयो ।

घटनामा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साह छन्। उनीहरूको परिवारलाई सरकारले १०र१० लाख दिने निर्णय गरेको छ ।

घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology