Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

युक्रेनले रुसमा गरेको आक्रमणमा २० जनाको मृत्यु, सयभन्दा बढी घाइते


1.4K
Shares

युक्रेनले रुसमा गरेको आक्रमणमा २० जनाको मृत्यु, सयभन्दा बढी घाइते

मस्को, १५ पुस । युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप रुसले लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका बताइएको छ ।

त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले शनिबारको आक्रमणमा सेनाको पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ ।

रुसमाथि युक्रेनले गरेको यो हमलालाई रुसले शुक्रबार युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियाको रुपमा लिइएको छ । रुसी आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि युक्रेनले यो रुसको अहिलेसम्मको सबैभन्दा ठूलो हमला भएको बताएको छ । रुसले पछिल्लो आक्रमणमा युक्रेनमा बनेको ओल्खा र चेक रिपब्लिकमा बनेको भ्याम्पायर रकेटको प्रयोग गरेको आरोप पनि लगाएको छ ।

न्युयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकमा रुसी राजदूत भासिली नेबेन्ज्याले युक्रेनले नागरिक लक्ष्यमा जानाजानी, अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology