Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा करेन्ट लागेर १ पुरुष गंभिर घाईते, थप उपचारको लागी चितवन लगियो


5K
Shares

गोरखामा करेन्ट लागेर १ पुरुष गंभिर घाईते, थप उपचारको लागी चितवन लगियो

गोरखा, १४ पुस । गोरखा बजारमा आज बिहानै करेन्ट लागेर १ जना युवक गंभिर घाईते भएका छन् । करेन्ट लागेर अजिरकोट गाँउपालिका–४ सिम्जुङका २१ बर्षिय उत्तम गुरुङ गंभिर घाईते भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

गुरुङ शनिबार बिहान ६ बजे गोरखा नगरपालिका–६ को सतिपिपल मैदानमा करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार दाउरा लान प्रयोग गरिएको ट्रकमा तारले छोएपछी हटाउन जाने क्रममा करेन्ट लागेको थियो ।

गुरुङलाई तत्कालै प्रहरीले उद्वार गरी गोरखा अस्पताल ल्याएकोमा यहाँ उपचार हुन नसेके पछी थप उपचारको लागी भरतपुर पठाइएको छ । गुरुङको २५ प्रतिशतभन्दा बढी शरिर जलेको प्रहरीले जनाएको छ । घाईते गुरुङ ना। ४ ख ९०६३ नम्रबरको ट्रकका सहचालक भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology