काठमाडौं, १३ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ ।
बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए । सो क्रममा बालकुमारी(ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो ।
करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताउनुभयो ।
राउत जुम्लाका हुन्। उनी भक्तपुर क्षेत्रमा बस्दै आएका थिए । राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताउनुभयो। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो । अस्पताल पुर्याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो ।
यस्तै घटनामा परी घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी कुवेर कडायतले पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको हो । ‘उनलाई गोली लागेको हो कि होइन खुलिसकेको छैन, रिपोर्ट आएपछि मात्र खुल्छ ।