Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्री प्रचण्ड भोली बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङ आउदै


2.1K
Shares

प्रधानमन्त्री प्रचण्ड भोली बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङ आउदै

गोरखा, १० पुस । प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार (भोली) गोरखा आउनुहुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सञ्चालन गरिरहेको माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ को वडापार्टीको वैठकमा सहभागी हुन उहाँ गोरखा आउनु लाग्नु भएको पार्टीका गोरखा जिल्ला इन्चार्ज दीपक कोइराला (रुपक) ले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वडापार्टीको वैठकमा वडाको रिर्पोटिङ लिएर निर्देशनात्मक मन्तव्य राख्ने कार्यक्रम रहेको छ । अभियान अन्र्तगत देशभरका सातवटै प्रदेशको एउटा÷एउटा वडामा पुग्ने कार्यक्रम अन्र्तगत उहाँ गण्डकी प्रदेशमा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको वडा बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङमा वडा पार्टीको बैठकमा सहभागी हुन लाग्नु भएको हो ।

बुधबार नै प्रधानमन्त्री प्रचण्डले जराङडाँडामा अवस्थित जनयुद्धका प्रथम सहित दिलबहादुर रम्तेलको स्मृति पार्कको अवलोकन समेत गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारपाक सुलिकोट गाउँपालिका जननिर्वाचित अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पार्कको अवलोकनपछि गाउँपालिका कार्यालयको सभाहलमा पालिका भित्रका सम्पूर्ण जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।

त्यस्तै ताकुकोटमै पार्टीका जिल्ला स्थित अगुवा नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । बारपाक सुलिकोट गाउँपालिकाबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डले गण्डकी गाउँपालिकामा पुगेर गाउँपालिकाका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गण्डकी गाउँपालिकामा स्थानीय जनतालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology