Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

११ औं मोहन स्मृति कप जित्दै युनाइटेड युथ क्लवले हातपा¥यो १ लाख ११ हजार नगद पुरस्कार


2.1K
Shares

११ औं मोहन स्मृति कप जित्दै युनाइटेड युथ क्लवले हातपा¥यो १ लाख ११ हजार नगद पुरस्कार

गोरखा, १० पुस । एघारौ मोहन स्मृति सिरानचोक चित्रेपोखरी दौतरी कप फुटवल प्रतियोगिताको उपाधी युनाईटेड युथ क्लब थालाजुङले जितेको छ । सिरानचोक गाउँपालिकाका वडा नम्बर ५ स्थित चित्रेपोखरीमा सोमवार सम्पन्न फाइनल खेलमा खोप्लाङ फुटवल युथ क्लब पालुङटारलाई ० का बिरुद्ध २ गोलले पराजित गर्दैै युनाईटेड युथ क्लबले उपाधि जितेको हो ।

सुमन श्रेष्ठले पहिलो हाफको १० मिनेटमा गरेको गोलबाट खेलमा अग्रता कायम गरेको युनाइटेड युथ क्लबले पुन दोस्रो हाफमा राम थापामगरको गोलबाट अग्रता लिएको थियो । निर्धारित समयमा खोप्लाङ फुटवल क्लब खेलमा फर्कन नसकेपछि युनाइटेड युथ क्लब २–० गोल अन्तरले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको उपाधि बिजेता युनाइटेड युथ क्बलले १ लाख ११ हजार १ सय ११ रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य खोप्लाङ युथ क्बलले ५५ हजार ५ सय ५५ रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । यहीँ पौष ५ गतेदेखि सुरु भएको प्रतियोगिताको सेमी फाइनलमा न्यु दौतरी युथलाई पराजित गर्दै युनाइटेड युथ क्बल फाइनलमा पुगेको थियो भने सेमीफाइनलमा सेभेन स्टार क्बल डुम्रेलाई पराजित गर्दै खोप्लाङ फुटवल क्लब फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा सेमिफाइनलमा पुगेको न्यु दौतरी युथ क्लब र सेभेनस्टार क्लवलाई समेत १५/१५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल सोमवार सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology