Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भिरबाट लडेका गुरुङको उपचारको क्रममा मृत्यु


3.3K
Shares

गोरखामा भिरबाट लडेका गुरुङको उपचारको क्रममा मृत्यु

गोरखा, १० पुुस । गोरखाको पाँचखुवा देउरालीको भिरबाट लडेर गंभिर घाईते भएका १ जना बृद्वको उपचारको क्रममा मृत्यु गएको छ ।
मृत्युमा बारपाक सुलिकोट गाँउपालिका–७ पाँचखुवा देउरालीका ८५ बर्षिय अमरबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार मुलबारी घर भएका गुरुङ घर नजिकैको भिरबाट १०० मिटर तल खसेर गंभिर घाईते भएका थिए । गंभिर घाईते गुरुङलाई उपचारको लागी चितवनको भरतपुर लगिएको थियो । गुरुङको उपचारकै क्रममा सोही दिन राती ज्यान गएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology