Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिरानचोक गाउँपालिकालाई ११ औं गोरखा जिल्ला स्तरीय राष्टपति रनिङशिल्ड प्रतियोगिताको उपाधि


4.6K
Shares

सिरानचोक गाउँपालिकालाई ११ औं गोरखा जिल्ला स्तरीय राष्टपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

गोरखा, ८ पुस । गोरखा जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी सिरानचोक गाउँपालिकाले जितेको छ । सदरमुकाम स्थित रङगशाला खेलकुद मैदानमा आज सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित सहित उपाधी जितेको हो । प्रतियोगितामा सिरानचोकले कुल १६ पदक हात पारेको हो ।

त्यस्तै प्रतियोगितामा पालुङटार नगरपालिकाले ८ स्वर्ण, ३ रजत र ४ कास्य पद सहित दोस्रो हुन सफल भएको छ । पालुङटार नगरपालिकाले कुल १५ पदक जितेको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित कुल ११ पदक सहित तेस्रा हुन सफल भएको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।

आरुघाट गाउँपालिकाले प्रतियोगितामा २ स्वर्ण पदक सहित ८ रजत र ३ कास्य पदक जितेको छ । प्रतियोगितामा १३ पदक जितेर आरुघाट गाउँपालिका प्रतियोगितामा सहभागी ११ पालिका मध्ये चौथो स्थान हात पार्न सफल भएको छ । त्यस्तै गण्डकी गाउँपालिकाले दुई स्वर्ण, ७ रजत र ३ कास्य पदक जितेको आयोजकले जनाएको छ ।

अजिरकोट गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ भने गोरखा नगरपालिका गोरखाले दुई स्वर्ण र ३ कास्य पदक जित्न सफल भएको छ । भीमसेन थापा गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य सहित कुल ५ वटा पदक जितेको छ । त्यस्तै शहीद लखन गाउँपालिकाले तीन कास्य पदक, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिको १/१ कास्य पदक यस पटक चित्त बुझाउन परेको छ ।

प्रतियोगितामा सहभागी मध्ये चुमनुब्री गाउँपालिकाले पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगिताको उपाधी बिजेता खेलाडीहरुलाई आज नै एक कार्यक्रमका बिच मेडल तथा पुरस्कार प्रदान गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology