Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको समितिको निष्कर्ष


1.5K
Shares

गोरखाका घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको समितिको निष्कर्ष

काठमाडौं, पुस ८ । दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १३८ केजी सुन नेपाल भित्र्याएको खुलेको छ। मङ्सिर २१ गते बिहीबार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो।

विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताउनुभयो । मङ्सिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मीनबहादुर घलेबाट सुरु भएको अनुसन्धान हालसम्म ९ जना पक्राउ परेका छन् ।

उनीहरू सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने प्रमुख पाण्डेले बताउनुभयो। उहाँले मङ्सिर २१ गते बिहीबार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट भन्सार टोलीले १४ केजी सुन बरामदपछि सुनको छानबिन गर्नका लागि प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा बनेको कमिटीले विमानस्थलमा समस्या, गर्नुपर्ने सुधारका विषय औँल्याएको बताउनुभयो। उहाँले केही सम्भाव्य अभियुक्तहरूको नामसमेत प्रतिवेदनले समेटेको बताउनुभयो।

उहाँले संलग्न भएकालाई भन्सार ऐनले दिएको समयावधि २५ दिन भित्र मुद्दा दर्ता गर्ने बताउनुभयो। फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा गोरखाका मीनबहादुर घले, गोरखाकै चन्द्र घले, स्याङ्जाका कृष्णकुमार श्रेष्ठ, काठमाडौँ ८ का शेरबहादुर बस्नेत, नुवाकोटका लेकबहादुर तामाङ, काठमाडौँ(८ का राधाकृष्ण श्रेष्ठ, काठमाडौँकै रमेश देउला, धादिङका अनिल श्रेष्ठ र लमजुङकी विना गुरुङ रहेका छन्।

समितिले घलेले दुबईमा तथाकथित अङ्कित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ। घले स्वयं तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिएर आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ।

समितिले अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङकङ थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology