गोरखा, ८ पुस । गोरखा चेम्बरले आउदो पौष १९ गतेदेखी गोरखा सदरमुकाममा मेलाको आयोजना गरेको छ । ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८०’ नाम दिएको मेला २९ गतेसम्म सञ्चालनमा आउने छ ।
जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने र कृषि लगायत स्थानिय उत्पादनको ब्यापार प्रबद्र्वन गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले जानकारी दिनुभयो ।
मेला स्थल भित्र १२५ वटा विभिन्न प्रकारको स्टल रहने आयोजक संस्थाका महासचिव विण्णु रानामगरले जानकारी दिए । उनका अनुसार जिल्लाको ११ वटा स्थानिय तहलाई १५ वटा, आदीबासी जनजातीका लागि मिनी संग्रालय १, घरेलु उत्पादन तथा स्थानिय परिकार र होटल तथा ब्यापार प्रयोगजनका लागी अन्य स्टलहरु रहने छन् ।
११ दिनसम्म चल्ने मेलामा करिब ४० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरेको अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोही अवधीमा करिब ५ करोड बरावरको कारोवार हुने पनि अनुमान गरिएको छ ।
करिब ३५ लाख रुपैयाँ खर्च हुने मेलामा यस पटक भने जिपलाइन र स्टलमा डोम प्रयोग गर्न लागेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाको उदघाट्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाले जानकारी दिएको छ । मेलाको पहिलो दिन विभिन्न जातजातीको भेषभुषामा झाँकी, विभिन्न जातजातीका साँस्कृतीक झाँकी र संघ संस्थाको पहिचान झल्कने गरी ब्यानर सहितको रर्याली हुने गोरखा चेम्बर अफ कर्मशले जानकारी दिएको छ । चेम्बरले यस अघिका बर्षमा पनि चाढपर्व लक्षित २ वटा सस्तो दशैं मेला र १ वटा कृषि तथा ब्यापार प्रबद्र्वन मेला सम्पन्न गरी सकेको छ ।