Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालबाट ९२ करोडको पिना निर्यात


2.3K
Shares

नेपालबाट ९२ करोडको पिना निर्यात

काठमाडौँ, ७ पुस । चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा नेपालबाट ९२ करोड रुपैयाँ बराबरको पिना निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ९२ करोड रुपैयाँभन्दा धेरैको पिना निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट १ करोड ८० लाख किलोग्राम पिना निर्यात भएको छ । र, नेपालबाट निर्यात हुने सबै पिना भारतीय बजारमा खपत हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ । नेपालले विदेशी मुलुकबाट कच्चा खानेतेल ल्याउँछन् । र, त्यसलाई प्रशोधन गर्दा निस्कने पिनालाई समेत तयारी अवस्थामा बनाएर पुनः निर्यात गर्ने गरेका छन् ।

नेपालले अर्जेन्टिना, ब्राजिल, युक्रेन, बोलिभिया, रुस लगायनका मुलुकबाट कच्चा सुर्यमूखी र भटमास तथा तोरीको तेल ल्याउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा २० वटाभन्दा धेरै तेल प्रशोधन कम्पनी छन् । जसले विदेशबाट कच्चा तेल ल्याउँदै तयारी बनाएर नेपाल तथा भारतीय बजारमा बिक्री वितरण गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology