Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिहेको भोलिपल्टै श्रीमतीमाथि कुटपिट गरेको आरोपमा चर्चित युट्युबर बिन्द्राविरुद्ध मुद्दा दायर


2.9K
Shares

बिहेको भोलिपल्टै श्रीमतीमाथि कुटपिट गरेको आरोपमा चर्चित युट्युबर बिन्द्राविरुद्ध मुद्दा दायर

एजेन्सी, ७ पुस । भारतका प्रख्यात युट्युबर तथा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध श्रीमतीमाथि कुटपिट गरेको आरोपमा मुद्दा दर्ता भएको छ । नोएडाका डीसीपी हरिश चन्द्रले एफआईआर दर्ता भएको पुष्टि गर्दै अहिलेसम्म घटनासँग सम्बन्धित कसैलाई पनि पक्राउ नगरिएको बीबीसी हिन्दीले जनाएको छ ।

सामाजिक सञ्जालमा घटनासँग सम्बन्धित कयौं भिडियोहरू सेयर भइरहेका छन् । नोएडा प्रहरीले यी भिडियोहरूका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ। ६ डिसेम्बरमा विवाह गरेका विवेक बिन्द्राविरुद्ध श्रीमतीका भाइले दिएको उजुरीको आधारमा एफआईआर दर्ता भएको हो ।

नोएडाका डीसीपी हरिश चन्द्रले बीबीसी हिन्दीसँगके कुराकानीमा भने, ‘पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म लिइएको छैन। जुन धाराअन्तर्गत एफआईआर दर्ता भएको छ, यदि पक्राउ गर्नुपर्ने अवस्थामा पक्राउ पनि गरिन्छ ।’

श्रीमतीमाथि कुटपिटको यो घटना ७ डिसेम्बर अर्थात विवाहको भोलिपल्टको भएको बताइएको छ। श्रीमतीसँगको झगडाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

विवेक बिन्द्राबाट यी आरोपमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। पछिल्लो समय उनी अर्का युट्युबर सन्दीप महेश्वरीबीच युट्युबमा चर्को बादविवाद भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology