गोरखा, ६ मङ्सिर । गोरखा जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ । सदरमुकाम स्थित रङगशाला खेलकुद मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री सिंखडाले खेलाडीहरुको भविस्यका लागि गण्डकी प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको ।
उहाँले खेलाडीको क्षमता अभिबृद्धी र सहयोगका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गरिरहेको समेत उल्लेख गर्नुभयो । मन्त्री सिंखडाले खेलमा सहभागी भएपछि हारजीत स्वाभाविक भएको भन्दै हारलाई पनी अर्को पटकको जीतको आधारको रुपमा लिन पर्ने सुझाव दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेश सरकारले खेलाडी र प्रशिक्षकहरुको सम्मानका लागि तक्मा डिजाइन गरिरहेको बताउनुभयो ।
उहाँले खेलाडीको भविस्य र सम्मानका लागि प्रदेश खेलकुद परिषदर दत्तचित्त भएर लागेको समेत उल्लेख गर्नुभयो । राष्ट्रनिर्माणका लागि शारिरिक तन्दुरुस्तीका साथै मानसिक रुपमा समेत सक्षम खेलाडी उत्पादनमा प्रदेश सरकार लागि परेको बताउनुभयो । गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरले खेलमा अनुशासित ढंगबाट सौर्हादपूर्णबाट सम्पन्न गर्नुपर्नेमा जोडदिनुभयो ।
उहाँले आयोजक, प्रतिस्पर्धी लगायतको सवैको सहकार्यले मात्र भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा करिब जिल्लाभरबाट करिब ८ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तासिंह बस्नेत जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स तर्फ पहिलो दिन २ सय मिटर, ३ हजार मिटर, र ४ सय मिटरको छात्रछात्राको दौड प्रतियोगिता सञ्चालन भइरहेको छ । त्यस्तै आज नै छात्रा, छात्र सटपुट तथा लम्पजम्प प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगिता अन्तरगतको दोस्रो दिन शनिवार १ सय मिटर, ८ सय मिटर र ४ सय मिटरको छात्रछात्र रिले दौड प्रतियोगिता हुनेछ । त्यस्तै सोही दिन छात्रछात्र ज्यवलिन थ्रो र त्रिपलजम्प प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिमदिन आइतवार १५ सय मिटर दौड प्रतियोगिता, ४ सय मिटर दौड प्रतियोगिता छात्रछात्रा दौड प्रतियोगिता हुनेछ भने सोह दिन छात्रछात्र बिच हाइजम्प प्रतियोगिता हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रा छात्र भलिवल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।