Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चीनमा भूकम्पमा मृत्यु हुनेको संख्या १३१ पुग्यो


2.6K
Shares

चीनमा भूकम्पमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

एजेन्सी, ४ पुस । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको संख्या ११३ पुगेको छ, भने घाइतेको संख्या ७८२ पुगेको छ ।

भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology