Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एकल महिलालाई दुर्व्यवहार गरेका फरार प्रतिवादी पक्राउ


1.1K
Shares

एकल महिलालाई दुर्व्यवहार गरेका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ४ पुस । एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका एक जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । एकल महिलाई दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले गुल्मीको सत्यवति गाउँपालिकाका ४४ वर्षीय डिलबहादुर गलामी लाई पक्राउ गरेको हो ।

गलामीले म्यासेजिङ एपमा एक जना एकल महिलासँगको वार्तालापको स्क्रिन रेकर्ड गरेको र पछि उक्त रेकर्ड सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोस्ट गरेर चरित्रहत्या गरेको साइबर ब्युरोले जनाएको छ ।

पीडित महिलाले उनीविरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधको कसुरमा गत भदौ २६ गते मुद्दा दर्ता गरेको थियो । तर, उनी फरार रहेका थिए ।  आज उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology