काठमाडौं, ४ पुस । साताको चौंथो कारोबार दिन बुधबार नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।
आज तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।