Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतविरुद्धको दोस्रो एक दिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी


1.5K
Shares

भारतविरुद्धको दोस्रो एक दिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी

काठमाडौं, ४ पुस । भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको छ । भारतले दिएको २११ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२।३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो ।

उसका लागि टोनी डी जोर्जीले अविजित रहँदै ११९ रनको शतकीय पारी खेले । १२२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का प्रहार गरेको थियो । त्यसबाहेक रीजा हेन्ड्रिक्सले ५२ रनको अर्धशतकीय पारी खेलेर आउँट हुँदा रसी भान डेर डुसेन ३६ रनमा पेभेलियन फर्किए । एडन मक्रम २ रन बनाउँदै अविजित रहे ।

भारतका रिंकु सिंह र अर्शदीप सिंहले समान १(१ विकेट लिए । त्यसअघि ग्वेराको सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङमा तानिएको भारत ४६।२ ओभरमा अलआउट हुँदै मात्र २११ रनमा समेटियो ।

उसका लागि साइ सुदर्शनले ६२ र केएल राहुलले ५६ रनको अर्धशतकीय पारी खेले । त्यसबाहेक अर्शदीप सिंहले १८, रिंकु सिंहले १७, सन्जु सामसनले १२, तिलक बर्माले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले ३, बिउरान हेन्ड्रिक्स र केशव महाराजले समान २(२ तथा लिजाड विलियम्स र एडेन मक्रमले समान १(१ विकेट लिए । यी दुई देशबीचको पहिलो एकदिवसीय खेल भारतले ८ विकेटले जितेको थियो । अहिलेको नतिजासँगै सिरिज १(१ को बराबरीमा पुगेको छ । तेस्रो एकदिवसीय खेल २१ डिसेम्बरमा हुनेछ ।

दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टोलीले अहिले तीन टी(२० खेल खेलिसकेको छ । जसमा पहिलो खेल पानीका कारण रद्द भएको थियो भने दोस्रो दक्षिण अफ्रिका र तेस्रो भारतले जितेको थियो । ३ खेलको एक दिवसीय सिरिज सकिएपछि यी दुई देशबीच २ खेलको टेस्ट सिरिज पनि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology