Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

शहिद लखन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, रामेश्वरीलाई उपाधी


1.9K
Shares

शहिद लखन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, रामेश्वरीलाई उपाधी

गोरखा, ३ पुस । शहिद लखन गाउँपालिका स्तरीय प्रथम शहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्वर्ण ,६ रजत र ६ कास्य पदक सहित रामेश्वरी माध्यमिक विद्यालयले प्रतियोगिताको उपाधी जितेको छ ।

त्यस्तै ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ शहिद स्मृति माध्यमिक विद्यालय दोश्रो र ४ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ सिंजाली माध्यमिक विद्यालय तेश्रो भएका छन् । प्रतियोगिता अन्तरगत छात्र भलिबल खेलतर्फ भगवती हिमालय मा.विका विपिन थापा सवोत्कृष्ठ खेलाडी बन्नु भएको छ ।

त्यस्तै छात्रातर्फ जलदेवी मा.विकी स्मृती सुनार सवोत्कृष्ट बन्नुभएको छ । समग्र प्रतियोगिता तर्फ सिंजाली मा.विकी रासिका श्रेष्ठ सर्वोत्कृष्ठ छात्र र रामेश्वरी मा.विका रविन परियार, र शहीद स्मृति मा.विका सविन श्रेष्ठ समग्र प्रतियोगिताको सर्वोत्कृष्ठ छात्रको उपाधी जितेका छन् । प्रतियोगिता मंसिर ३० गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology