Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिका भित्रका अधिकाँश पानीका मुहानमा दिसामा पाइने जिवार्णु कोलिफार्म फेला


1.7K
Shares

गोरखा नगरपालिका भित्रका अधिकाँश पानीका मुहानमा दिसामा पाइने जिवार्णु कोलिफार्म फेला

गोरखा, २ पुस । गोरखा नगरपालिका भित्रका अधिकाँश खानेपानीका मुहानमा दिसामा पाइने जिवाणु कोलिफार्म भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाले मंसिर २५ गतेदेखि गरेको खानेपानी मुहानको नमुना परिक्षणमा धेरैजसो स्वास्थ्य संस्था र विद्यालयले प्रयोग गर्दै आएको खानेपानीमा कोलिफार्म भेटिएको हो ।

नगर क्षेत्रका ५२ पानी मुहानको नमुना परिक्षण गर्दा ३७ मुहानमा कोलिफार्म भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १७ स्वास्थ्य संस्थाले प्रयोग गर्ने १९ वटा खानेपानीको नमुना परिक्षण गर्दा १२ वटामा र ३२ विद्यालयका ३३ वटा खानेपानीको नमुना परिक्षण गर्दा २५ वटामा कोलिफार्म भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १ को थुम्केरी धारा, वडा नं २ को अँधेरीखोला मुल, वडा नं ३ को विन्ध्यवासिनी खानेपानी, नारेश्वर स्वास्थ्य चौकीको तल्लो धारा र घलाङ कुवापानी मुहान, वडा नं ४ को ढुंगागाडे आधारभुत विद्यालयको धारा, बाहुनछाँटा, काफलपानी, जलकन्या खानेपानी र पहरेपानी धाराको नमुना परिक्षणमा कोलिफार्म भेटिएको हो ।

यस्तै, वडा नं ६ को पँदेली धारा, तिनधारे, वडा नं ७ को तीनचापे मुहान वडा नं ८ को डुम्रीडाडाँ मावि, सरस्वती माविको धारामा पनि कोलिफार्म भेटिएको छ ।

वडा नं ९ को शिद्ध बागेश्वरी खानेपानी,पांग्राझ्याल खानेपानी र खोलखोले खानेपानी, वडा नं ११ को मादी धारा, मसिल धारा, मैन धारा, वडा नं १२ को तारानगर स्वास्थ्य चौकी, महेन्द्र मावि र नवज्योती प्राविले प्रयोग गर्ने खानेपानीको नमुना परिक्षणमा पनि कोलिफार्म भेटिएको छ ।

वडा नं १३ को सिमल थुम्की, सिम्लेफाँट खानेपानी, रामशाह आधारभुत विद्यालय,कर्मसिं प्रावि र वडा नं १४ को प्युघर खानेपानी, गोप्लिङ प्रावि, सलाङगिरी प्राविले प्रयोग गर्ने खानेपानीको मुहानमा पनि कोलिफार्म भेटिएको छ । कोलिफर्मयुक्त पानी पिउँदा जन्डिस, हेपाटाइटिस ई,, झाडापखालाजस्ता रोग लाग्ने संभावना हुन्छ । त्यसैले यि मुहानको खानेपानी प्रयोग गर्नेहरुले७लदकउस पानीलाई शुद्धिकरण गरेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पानी उमाल्ने, सोडिस बिधि, क्लोरिनेसन, फिल्टर लगायतका माध्यमबाट सुद्धिकरण गरेर मात्र पानी पिउनुपर्ने ल्याब टेक्निसियन निरीक्षक नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।

पानीको मुहानका वरीपरी दिसापिसाब निषेध गर्ने, नियमित सरसफाई गर्ने, मुहान संरक्षण गरी भलपानीबाट जोगाउने, नजिकका सेफ्टिक टयांकबाट हुने लिकेज नियन्त्रण गर्ने तथा फुटेका पाइपहरु मर्मत गर्न पनि स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्था र विद्यालयलाई सुझाव दिएको छ । पानीको नमुना परिक्षणको प्रतिवेदनबारे स्वास्थ्य कार्यालयले गोरखा नगरपालिकालाई जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology