Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने


1.2K
Shares

गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने

गोरखा, २६ मंसिर । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने भएको छ । फेब्रुअरी १३ देखि मार्च १३ सम्म अर्थात नेपाली मिति अनुसार फागुन १ गतेदेखी ३० सम्म अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना हुने गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जनजनमा पुर्‍याउने उद्देश्यले उक्त सेमिनार अष्ट्रेलियाको विभिन्न शहरमा हुने भएको हो ।

नेपालबाट विदेशिने क्रम बढ्दै गईरहेको बेला विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया, सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशीभुमिमा समेत आमा सेमिनार गर्न लागेको जनाएको छ । नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायतमा सफतलापुर्वक आमा सेमिनार सम्पन्न गरेको थियो ।

आश्रमका अनुसार अष्ट्रेलिया लगायत अमेरीका, क्यानडा, बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, जापान, हङकङ र कोरिया लगायतमा राष्ट्रहरुमा आमा सेमिनार भव्यता साथ गर्ने तयारी भइरहेको जनाएको छ ।

विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएका संस्थाका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुती गर्ने छ ।

१ महिनासम्म अष्ट्रेलियामा हुने आमा सेमिनारमा अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपालीहरुको प्रत्यक्ष उपस्थिती सहित यसको लाभ लिने अनुमान गरिएको छ । सडकमा रहेका बा(आमाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व, सामाजिक दायित्व बोध गराउन र समाजमा सकारात्मक सन्देश दिन उक्त कार्यक्रम गर्न लागेको हो ।

यद्यपि, यस अघिपनी गोरखा समाज अष्ट्रेलियाको समन्वयमा मानवसेवा आश्रमले अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको थियो । उक्त महायज्ञबाट मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माणको लागि विउँपूजीका रुपमा १२ लाख सहयोग गरेको थियो ।

गोरखा समाजले सेमिनारको अघिल्लो दिन मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माण सहयोगार्थका लागी अष्ट्रेलिया निवासी नेपालीहरुमाझ गाला डिनर समेत आयोजना गर्ने जनाएको छ ।

गोरखा समाज अष्ट्रेलियाले यस अघि समेत अष्ट्रेलियामा नयाँ वर्ष, चाडवर्ष लगायत विभिन्न रोजगारमुलुक कार्यशाला, आफ्नो भाषा, कला, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

यता मानवता प्रवद्धन महाअभियानमा लागेको मानवसेवा आश्रमको लक्ष्य २०८२ सालसम्म सहयोगापेक्षी बेवारिसे सडक मानवमुक्त नेपाल निर्माणको लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology