Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको एक कालिजफर्ममा चितुवा पस्दा साढे १२ लाख बरावरको क्षती


2.7K
Shares

गोरखाको एक कालिजफर्ममा चितुवा पस्दा साढे १२ लाख बरावरको क्षती

गोरखा,२६ मंसिर ।  गोरखाको एक कालिज फर्ममा चितुवा पसेर नोक्सानी गर्दा साढे १२ लाखको क्षती पुगेको छ । पालुङटार नगरपालिका–९ को लामगरा, बैरेनी भन्ने स्थानमा रहेको गोरखा अर्गानिक एग्रो फर्ममा आइतबार राती चितुवा पसेर कालिज मारीदिदा १२ लाख ४२ हजार रुपैयाँ बरावरको क्षती भएको सञ्चालक जिवन ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार उहाँको उक्त फार्ममा ६२१ वटा भालेपोथी कालिज थिए । आइतबार राती फार्म भित्र छिरेको चितुवाको आक्रमणमा परी ८५ वटा मारेको छ भने ५० वटा गंभिर घाईते अवस्थामा फेला परेको अन्य कालिज भने फेला नपरेको फार्म सञ्चालक ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्याबिन तार माथीबाट लगाएको नाइलनको जाली फाँडेर फार्म भित्र चितुवा छिरेको थियो । चितुवाको आक्रमणमा परी फार्ममा काम गर्ने सिरानचोक गाँउपालिका–१ केराबारी घर भएका रबिलाल बस्ताकोटी घाईते भएका छन् । उहाँको गोरखा अस्पतालमा उपचार हुन नसकेपछी चितवन लगिएको छ ।

बिहान उज्यालो भए पछी दाना हाल्न गएका बस्ताकोटीलाई चितुवाले आक्रमण गरेको थियो । ‘कालिजलाई दाना हाल्न भित्र गएको थिए । कालिज मरेको देखेर बन बिरालु होला भनेर धपाएको थिए’ उहाँले भने ‘एक्कासी आक्रमण गरेर घाईते बनाएपछी मात्र थाहा पाए चितुवा हो भनेर ।’ घाईते बस्ताकोटीका अनुसार चितुवा फार्म भित्रै रहेको रुख छेलपारेर बसेको थियो ।

फार्म भित्र पसेको चितुवालाई भने सोमबार बिहान मात्रै प्राकृतिक रुपमा नै जंगल जान दिएको डिभिजन बन कार्यालय गोरखाका बन अधिकृत अर्जुन अच्छामीले बताउनुभयो । चितुवाले फार्म भित्र पुर्याएको क्षतीका बारेमा जनप्रतिनिधी, नेपाल प्रहरी र डिभिजन बन कार्यालयको रोहबरमा विवरण संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

पिडित सञ्चालकलाई भने भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको सिफारीसको आधारमा राहत उपलब्ध गराउने डिभिजन बन कार्यालय गोरखाले जनाएको छ । कार्य बिधी अनुसार यसै बर्षदेखी चितुवाले पशुपंक्षीलाई क्षती पुर्याएको खण्डमा बिज्ञ केन्द्रको सिफारीसको आधारमा राहत उपलब्ध गराउने ब्यवस्था भएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology