काठमाडौं, २३ मंसिर । सिंगापुरमा कोरोना भाइरस ९ कोभिड–१९० सङ्क्रमित र अस्पतालमा भर्ना हुने बिरामीको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार चेतावनी जारी गर्दै यस्तो जानकारी दिएको हो ।
बढ्दो संक्रमणका कारण देशका अस्पतालमा चाप बताँउदै त्यहाँको स्वास्थ्य मन्त्रालयले धेरै आत्तिनुपर्ने अवस्था भने नभएको जनाएको छ । डिसेम्बर २ सम्म ३२ जनाभन्दा बढीमा कोभिड(१९ को संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मार्चसम्म २८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
शुक्रबार सार्वजनिक हुने दैनिक तथ्यांकअनुसार यो साता १३६ जनाबाट बढेर २२५ पुगेको छ । तथ्यांकअनुसार नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म कोभिड(१९ का नौ गम्भीर घटनाहरू सार्वजनिक भएका छन् ।
यी सबै बिरामीलाई आईसीयूमा भर्ना गरिएको छ । मार्चमा ५३ र अप्रिलमा ५४ जनाको ज्यान गएको थियो । मन्त्रालयले नागरिकलाई उनीहरूको कोभिड(१९ को खोपको बारेमा अपडेट रहन पनि आग्रह गरेको छ ।